यस वर्ष १० हजार जनालाई व्यावसायिक तालिम दिइने

0
Shares

काठमाडौं, (नेस)।

शिक्षा, विज्ञान तथा प्राविधि मन्त्रालयअन्र्तगतको इभेन्ट परियोजनाले यस वर्ष १० हजारभन्दा बढीलाई व्यावसायिक शिक्षा तथा अभिवृद्धि तालिम दिने भएको छ। विश्व बैकको ऋण सहयोगमा सञ्चालित पाह्च वर्षे कार्यक्रमको तेस्रो वर्ष अर्थात चालू आर्थिक वर्षमा १० हजार ९४१ जनालाई तालिम दिइने भएको हो।

उक्त तालिम सीटीईभीटीबाट मान्यता प्राप्त ५८ संस्थाले प्लम्बिङ, ब्युटीसियन, कुक, टेलरिङ, मोबाइल रिपेरिङ, इलेक्ट्रिसियनलगायतका ३४ प्रकारका तीन महिनाको तालिम दिने तयारी भएको परियोजना निर्देशक चन्द्रकान्त भुसालले जानकारी दिनुभयो।

उहाह्का अनुसार पहिलो चरणमा तालिम माघबाट उपत्यकाका तीन जिल्लामा शुरू हुनेछ। तालिमका लागि अनलाइनमार्फत दरखास्त आह्वान गरिएको र त्यसकै आधारमा तालिम गर्न इच्छुकको छनोट गरिएको थियो। भुसालका अनुसार अघिल्ला दुई वर्षसम्म सञ्चालन भएको तालिमका सहभागी ७१ प्रतिशतले रोजगारी प्राप्त गरेका छन्।