प्रमुख र इन्जिनियर नहुँदा प्युठान सडक डिभिजन कार्यालयको काम ठप्प

0
Shares

सलिम अन्सारी, प्युठान ।

प्युठानको माण्डवी गाउँपालिकाको नयाँ गाउँमा अवस्थित सडक डिभिजन कार्यालय प्युठान, भण्डै तिन महिनादेखि प्रमुखवहिन बनेको छ । लामो समयदेखि प्रमुख नुहँदा सडकका कामकार्या ठप्प भएको सेवाग्राहीहरुले बताएका छन् ।

प्युठानसहित रोल्पा जिल्ला समेत हेर्ने गरी नियुक्त भएका सडक डिभिजन कार्यालय प्रमुख र इन्जीनियर नहुँदा थुप्रै सेवाग्राहीहरु सेवाबाट बञ्चित बनेका हुन ।

कार्यालयका सिनियर डिभिजनल इन्जिनियर ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जन सेवाग्राहीबाट घुस लिँदालिँदै पक्राउ परेपछि सडक डिभिजन कार्यालय प्युठानबाट सम्पादन हुने काम कारवाही प्रभावित भएको हो।‘कार्यालय कुरेर बसिरहेका छौँ’ कार्यालयका अधिकृत लोकराज थापाले भने, ‘कार्यालयमा कामकाज लिएर आएका सेवाग्रहीले सेवा नपाउँदा हामीलाई गुनासो गरेर फर्कन्छन् ।’ कार्यालय प्रमुखसहित इन्जिनियर पक्राउ परेपछि सामान्य रुपमा प्रशासनिक काम गर्ने गरेको उनले बताए ।

‘के गरौँ हामी काम त केही छैन, दिन काट्न गाह्रो छ । यहाँ उँघेर बस्नुबाहेक केही काम छैन।’ सबैको सहयोगबाट कार्यालय प्रमुख पठाइदिए काम गर्न पाइने अवस्था उनको माग थियो । त्यस्तै संघ तर्फको लेखा व्यवस्थापनका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयबाट खटिएका लेखापाल जयस पन्तले पनि कार्यालय प्रमुख नहुँदा कामकाज प्रभावीत भएको बताए। अहिले एक अधिकृतको नेतृत्वमा सरकारी कर्मचारी छन्, तर सेवाग्राहीले भने कार्यालयबाट सेवा पाउन सकेका छैनन् ।

सडक डिभिजनलाई बिकास निर्माणको कार्यालय मानिए पनि प्रदेश र संघ अन्तर्गतका कार्यालयका ४७ जना कर्मचारी कामविहीन बनेका छन् । दिनभरी कुर्सीमा बसेर समय बिताउँछन । जिल्लामा सडक विस्तार तथा मर्मत सुधार लगायतका पूर्वाधारको काम सम्पादन गर्ने कार्य क्षेत्र यसै कार्यालयलाई तोकिएको छ । इन्जिनियर एवं कार्यालय प्रमुख नहुँदा सडक र पुल निर्माणका कामले गति लिन सकेका छैन्।

२०७७ जेष्ठ २३ गते सम्म सम्पन्न गरिसक्नुपर्ने सम्पुर्ण निर्माण कार्य कार्यालय प्रमुख र इन्जिनियर अख्तियारमा परे पश्चात् निर्माण कार्य अलपत्र भएको निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य बालाजु श्रेष्ठले बताए । ‘भएका निमित्त प्रमुख , सब इन्जिनियरबाट पनि कुनै खालको रेस्पोन्स छैन ।’

उनी भन्छन,’बिकास निर्माण जस्तो अत्यन्त सम्बेदनशिल कार्यमा सरकारले बेवास्ता र खेलबाड गरिनु ठिक होईनु समयमा काम सम्पन्न नहुनु , गुणस्तर नहुनु , हर्जना लगायतका निर्माण ब्यबसायिलाई पर्ने समस्याको जबाफदेहि को हुने ।’ छिटो भन्दा छिटो कार्यालय प्रमुखको ब्यबस्था हुनुपर्ने श्रेष्ठको माग छ ।