उपेन्द्र यादव र मोहम्मद इश्तियाक राईको एकैपटक राजिनामा

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

उपप्रधानमन्त्री एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन् ।यादवले राजीनामा दिएलगत्तै पार्टीका अर्का मन्त्री मोहम्मद इश्तियाक राईले पनि राजीनामा दिएका छन् ।

समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवले तत्कालीन संघीय समाजवादीसँग गरेको सहमतिबाट सत्तारुढ नेकपा पछि हटेको भन्दै राजीनामा दिएका हुन्।

उनको दलले आजै यादव र सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राइले राजीनामा दिने निर्णय गरेको थियो। संविधान संशोधनका लागि आफूले पुस ७ को मन्त्रिपरिषद् बैठकमा लगेको प्रस्ताव प्रधानमन्त्रीले अस्वीकार गरेकाले आफ्नो पार्टीसँग नेकपाले गरेको दुई बुँदे सहमति तोडिएको भन्दै उनले राजीनामा दिएको उनको राजीनामा पत्रमा उल्लेख गरिएको छ।

यादवले सोमबारको मन्त्रिपरिषद बैठकमा संविधान संशोधनका लागि विज्ञ समिति बनाउने प्रस्ताव गरेका थिए। तर, प्रधानमन्त्री ओलीले यसलाई ठाडै अस्वीकार गरेका थिए। प्रधानमन्त्रीले तत्काल संविधान संशोधन नगर्ने बताएपछि मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो।

दुवै मन्त्रीको राजीनामा पत्र