युएईबाट नेपालमा ५ औँ चरणको निशुल्क प्रार्थामिक उपचार

0
Shares

भूपराज बस्याल, काठमाडौं ।

युएईमा ब्यबसाय गर्दै आउनुभएका ओमप्रसाद उप्रेती नेपालका विभिन्न जिल्लमा निशुल्क प्राथमिक उपचार तालिम सन्चालन गर्दै आउनु भएको छ । उहाँ अहिले ५ औँ चरणको तालिम लिएर आउने तयारीमा हुनुहुन्छ ।

‘योगदान देश र जनताको लागि’ भन्ने सामाजिक सेवाको उदेश्य लिएरका उप्रेतीद्वारा प्रदान गरिदै आएको निशुल्क प्रार्थामिक उपचार तालिम अभियानलाई निरन्तरता दिन उप्रेती १० दिनको लागि नेपाल फर्कन लाग्नु भएको हो । पाँचौ चरणको तालिम सफल पार्न अभियन्ता उप्रेतीले सबै तयारी पूरा भएको समेत जानकारी दिनुभएको छ ।

यसपालिको तालिमका लागि युएईका सामाजिक तथा अन्य संस्थाहरुले सहकार्य गरेको जानकारी अभियन्ता ओम उप्रेतीले बताउनु भएको छ । युएईको सबैभन्दा पहिलो सामाजिक संस्था नेपाली समाज, अन्तर्रा्ष्ट्रिय नेपाली कलाकार समाज, युएई, नेपाल पत्रकार महासंघ युएई लगायतका केही जिल्ला समाजले पनि संस्थागत सहयोग गरेको अभियन्ता उप्रेतीले जानकारी दिनुभयो ।

नेपाली समाज युएईले यो अभियानलाई उच्च महत्त्व दिएको र नेपालमा रहेका आफ्ना सदस्यहरुलाई प्रत्यक्षरुपमा सहयोग गर्ने बताएको अध्यक्ष गोविन्द ढकालले बताउनु भयो ।

यसैबीच यो अभियानको ५ औँ चरणको तालिम कार्यक्रम जनवरी १ देखि प्रदेश नम्बर २ का सात जिल्ला, मकवानपुर र चितवनमा हुन लागेको छ ।

नेपालका ३८ जिल्लामा सम्पन्न भैसकेको यो तालिम आगामी जनवरी १, २०२० देखि नेपालका थप ९ जिल्लाहरुमा आयोजना हुन लागेको अभियन्ता, परिकल्पनाकार तथा प्राथमिक उपचारको लागि अन्तर्रा्ष्ट्रिय मान्यताप्राप्त प्रशिक्षक उप्रेतीले बताउनु भयो ।

कहाँ कहाँ हुँदै छ तालिम ?

पाचौं चरणको पहिलो तालिम सप्तरी जिल्लामा हुनेछ । आगामी पुस १६, बुधबार, नरेन्द्र मेमोरियल पब्लिक सेकेन्डरी स्कुल, राजविराज १६ मा हुने छ ।

दोस्रो दिनको तालिम सिरहामा पुस १७, बिहीबार, जिल्ला समन्वय समिति हल, सिरहामा हुने सुरेस र दिलिप साहनीले बताएउनु भयो ।
तेस्रो दिन धनुषा जिल्लामा पुस १८, शुक्रबार, शुभकामना प्रशिक्षण केन्द्र,

जनकपुर उपमहानगरपालिका ८ दस्था नगरमा हुने संयोजक शत्रुधन प्रसाद यादवले बताउनु भयो ।

चौथो दिन महोत्तरी जिल्लामा यो तालिम आयोजना गरिएको छ भने पुस १९, शनिबार, सामुदायिक भवन, रामगोपालपुर नपा ४ मा तालिम आयोजना गरिएको संयोजक शत्रुधनप्रसाद यादवले जानकारी दिनुभयो ।

यसैगरी पाचौं दिन निस्शुल्क प्राथमिक उपचार तालिम रौतहट जिल्लामा आयोजना गरिनेछ । पुस २०, आइतबार, कर्मचारी मिलन केन्द्र, गौर बजारमा हुने निस्चय भएको अभियानका व्यवस्थापक हेमन्त पौडेलले जानकारी दिनुभयो ।

छैटौं दिन बारा जिल्लामा पुस २१,सोमबार तालिम आयोजना गरिएको छ । बारा उद्योग वाणिज्य संघ निजगढमा यो तालिम हुने संयोजक श्याम पौडेलले बताउनु भयो ।

सातौं दिन पर्सा जिल्लामा पुस २२, मंगलबार निस्शुल्क प्राथमिक उपचार तालिम आयोजना गरिनेछ । वीरगन्जको बि पि सी कलेज पानीटयाङ्कीमा यो तालिम संचालक गर्ने तयारी भएको संयोजक शिवनाथ यादवले बताउनु भयो ।