बढ्दै सुनको भाउ

0
Shares

काठमाडौं, (नेस)।

नेपाली बजारमा सुनचाँदीको भाउ पुनः बढ्न थालेको छ। सोमबार छापावाल सुन प्रतितोला ७१ हजार ९ सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबारको तुलनामा सोमबार छापावाल सुन प्रतितोला ३ सय रुपियाँले वृद्धि भएको छ। आइतबार छापावाल सुन प्रतितोला ७१ हजार ६ सय रुपियाँका काराबार भएको थियो।सोमबार तेजावी सुन प्रतितोला ७१ हजार ६ सय रुपियाँमा कारोबार भएको छ।

सोमबार नेपाली बजारमा चाँदी प्रतितोला ८ सय ६० रुपियाँमा कारोबार भएको छ। आइतबार भने चाँदी प्रतितोला ८ सय ५५ रुपियाँमा कारोबार भएको थियो।