छेक्यो छेक्यो देउराली डाँडा गीतका गीतकार गुरुङको निधन


नेपथ्य ब्यान्डको छेक्यो, छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोलेजस्तो चर्चित गीतका गीतकार शुक गुरुङको निधन भएको छ।
गीतकार गुरुङ केही समययता गुमनाम जीवन बिताइरहेका थिए।
उच्च रक्तचाप तथा मधुमेहका कारण दृष्टि गुमाउनुका साथै मिर्गौला रोगबाट समेत पीडित गुरुङको उपचारका क्रममा ५४ वर्षको उमेरमा पोखरास्थित चरक मेमोरियल अस्पतालमा निधन भएको हो।
लमजुङमा जन्मेर चितवन हुँदै पोखरा बसाइ सरेका उनको परिवारमा दुई छोरा र श्रीमती रहेका छन्।राजु लामाले गाएको भाइटीकामा भेट्न आउला तथा आँखैमा झलझली हितैको दांैतरी, दोष कसैलाई दिन चाहन्नजस्ता गीतहरू उनको सदाबहार गीत हुन्।

उनले गीत, मुक्तक, कवितासहितको यी मेरा अन्तरवेदनाहरू नामक किताब, इसारा भाग १, तिर्सना, निवेदन, सूचना, बिरानो मायाजस्ता ११ गीति अडियो एल्बम प्रकाशन गरेका थिए। उनी संगीत कम्पोजमा समेत सिपालु थिए।