जर्मनीमा पश्मिना व्यवसाय बढाउन नेपाली दुतावासको चासो

188
Shares

भूपराज बस्याल, काठमाडौं ।

हाल जर्मनीमा हुदैआएको पश्मिना व्यवसाय लाई बढाउन नेपाल पश्मिना व्यवसाय संघ र जर्मनीका लागी नेपाली राजदुत रमेश प्रसाद खनाल बिच काठमाडौं भेटघाट भएको छ ।

राजदुत नेपाल आएको अवसर पारेर आइतबार भेटघाट कार्यक्रम गरिएको संघका सदस्य नवदत्त काफ्ले जानकारी दिनुभयो । भेटका क्रममा हाल नेपाल बाट जर्मनीमा हुदै आएको पश्मिना व्यवसाय लाई बढाउन नेपाली राजदुतावास र आफुले पुर्ण रुपमा सहयोग गर्ने राजदुतले प्रतिबद्धता जनाउनुभयो । भेटका क्रममा संघका अध्यक्ष दुर्गा बिक्रम थापाले सरकारले पुर्ण रुपमा सहयोग गरे हाल हुदै आएको पश्मिनाको व्यवसायमा उल्लेखनिय बृद्धि हुने र बिदेशमा समेत नेपालको पहिचान अझ बढ्ने धारणा राख्नुभयो ।

आगामि जुन जुलाई तिर नेपाली राजदुतावास जर्मनीको सहकार्यमा जर्मनीका ठुला पश्मिना व्यवसायीहरु संग नेपाल पश्मिना व्यवसाय संघको व्यवसायीक भेटघटको दाजोपाजो मिलाउने प्रतिबद्धता जनाउनै उहाँले पश्मिना मात्र नभएर नेपालको जर्मनीमा हुने जुनसुकै ब्यबसायलाई पनि नेपाली राजदुतावसको सहयोग रहने बताउनु भयो ।

हाल बर्षिक रुपमा जर्मनीमा हुदै आएको पचास साठि करोडको पश्मिना व्यवसायलाई सबैको सहकार्यमा बढाउन सके देशको बार्षिक घाटा समेत कम गर्न सकिने उपस्थित पश्मिना व्यवसायीहरुको जोड थियो ।