नवराजपुर गाउँपालिका प्रमुखद्वारा गहुँको बीउमा ब्रम्हलुट

0
Shares

शुभेन्दर दास, लहान ।

कर्मचारीको मिलो मतोमा नवराजपुर गाउँपालिका प्रमुख बिश्व मोहन प्रसाद यादवले किसानको लागि आएको गहुँको विउमा ब्रम्हलुट मच्याएको आरोप लागेको छ ।

समाजवादी पार्टीका युवा नेता तथा समाजवादीका नवराजपुर गाउँपालिका अध्यक्ष समेत रहेका शिव उदगार यादव उर्फ शिवाले गाउँपालिका प्रमुख बिश्व मोहनले किसानको लागि अनुदान स्वरुप आएको गहुँको बिउमा अनियमतता गरेको आरोप लगाएका हुन् ।

कृषी अनुदानका लागि यस गाउँपालिकाले यस आर्थिक बर्षमा १२ लाख रुपैयाँ छुट्याएको गाउँपालिका उपप्रमुख शोभा यादवले जानकारी दिइन् ।

१६९ बोरा बिउ खरिद गरिएको बिल भर्पाई बनाएर गाउँपालिकामा पेश गरे पनि जनतालाई ५० बोरा मात्रै वितरण गरिएको समाजवादीका युवा नेता शिव उद्गारको दाबि छ ।

नेता शिव उद्गारका अनुसार प्रति बोरा ४० किलोको दर १६९ बोरामा ६७६० किलो बिउको बिल बनाए घोटाला गरिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमरेन्दर कुशवैतका अनुसार गहुँको बिउ खरिद गर्नको लागि गाउँपालिकाले ३ लाख रुपैयाँ छुट्याए पनि अपुग हुने भएकाले थप एक लाखको समेत गरि ४ लाख रुपैयाँको बिउ खरिद गरिएको जानकारी दिए ।

नवराजपुर गाउँपालिका कृषि अधिकृत बिन्देश्वर प्रसाद यादवले प्रत्येक वडामा १० बोराको दरले गहुँको बिउ बितरण गरिएको जानकारी दिए । युवा नेता शिव उद्गारले यिनै कृषि अधिकृत यादव र गाउँपालिका प्रमुखले गहुँको मलमा अनियमतता गरेको आरोप लगाएका हुन् ।