बालिका करणीको अभियोगमा एक पक्राउ

0
Shares

न्युज अफ नेपाल, बर्दिया ।

पन्ध्र वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका ९ जनतानगर बस्ने ३० वर्षीय जगबीर थारु रहेको प्रहरीले जनाएको छ ।

थारूले बालिकालाई शनिबार साँझ जबरजस्ती करणी गरेपछि स्थानियबासीहरूले नियन्त्रणमा लिई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी सितला बजारबाट खटिएको प्रहरीले जगबीरलाई पक्राउ गरेको हो ।

यस विषयमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।