राजधानीमा गुण्डागर्दीमा संलग्न दुई जना पक्राउ

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

प्रहरीले गुण्डागर्दीमा संलग्न दुई जनालाई काठमाडौंका बिभिन्न स्थानबाट  पक्राउ गरेको छ ।

उपत्यकामा सर्बसाधारण मानिस तथा ब्यापारीहरुलाई फोन मार्फत धम्काई रकम माग गरी दु:ख दिने र नदिएमा हातहतियार देखाई ज्यान मार्ने तथा हात खुट्टा भाँचिदिने  धाकधम्की समेत दिई त्रास पैदा गर्ने जस्ता कार्य गरेको गुनासोको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

 

 

 

पक्राउ पर्नेमा नवलपुर जिल्ला देउचुली नगरपालिका घर भई हाल काठमाडौंको कोटेश्वरमा बस्दै आएका ४४ बर्षीय दुर्गा भन्ने देवान राई र काभ्रेको नमोबुद्ध ५ घर भई हाल काठमाडौंको गोठाटार बस्ने ४१ बर्षीय बिष्णु बहादुर धिताल रहेका छन् ।

आवश्यक कार्बाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा अनुसन्धान कार्य भईरहेको प्रहरी निरीक्षक दुर्गा खनालले बताउनुभयो ।