इशनिन्दकलाई मृत्युदण्ड


इस्लामावाद, (एजेन्सी)।

पाकिस्तानको दक्षिणी शहर मुल्तानमा बहाउद्दिन जकारिया विश्वविद्यालयका लेक्चरर जुनैद हाफिजलार्य इशनिन्दाको आरोपमा अदालतले मृत्युदण्ड सुनाएको छ। ३३ वर्षीय हाफिजलाई सन् २०१३ मार्चमा गिरफ्तार गरिएको थियो।

उनीमाथि सामाजिक सञ्जालमा पैगम्बर मोहम्मदका बारेमा अपमानजना टिप्पणी पोस्ट गरेको आरोप थियो। जिला न्यायधीशाले जुनेद हाफिजमाथि ५ लाख रुपियाँको जरिमाना पनि लगाएको छ।

इशनिन्दालाई पाकिस्तानमा अत्यन्तै गम्भिरताका रूपमा लिइन्छ। जुनैदविरुद्ध बयान दिनेमा विश्वविद्यालयका शिक्षक छात्र र प्रहरी थिए।