मोर्टार प्रहार


इस्लामावाद, (एजेन्सी)।

पाकिस्तानी सरकारी निकायले आइतबार विवादास्पद काश्मिरको पाकिस्तान अधिनस्थ क्षेत्रमा भारतीय फौजले पछिल्लो समयमा प्रहार गरेको मोर्टारको कारण तीन जना सर्वसाधारणको ज्यान जानुका साथै झन्डै एक दर्जन घर क्षतिग्रस्त भएका जनाएको छ।

तर भारतले भने पाकिस्तानी फौजले पहिला फायर खोलेको भन्दै यस घटनालाई युद्ध विरामको उल्लंघनको संज्ञा दिएको छ। विगतमा पनि भारत र पाकिस्तानबीच काश्मिरी सीमा क्षेत्रमा गोली हानाहान हुने गरेको भए तापनि केहि दिनयत दोहरो भीडन्त निकै चर्केको छ। भारत र पाकिस्तानबीच दुईवटा युद्ध भइसकेका छन्।