पादरीद्वारा बालयौन शोषण



मेक्सिको सिटी, (एजेन्सी)।

रोमन क्याथोलिक चर्चको मेक्सिकन शाखामा आबद्ध पादरीमाथि कयौं बच्चाको यौन शोषण गरेको आरोप लागेको छ। चर्चमा सम्बद्ध पादरीले कम्तीमा १ सय ७५ बच्चाको यौन शोषण गरेको समाचारमा बताइएको छ।

लिगनरिज अफ क्राइस्टका संस्थापक मार्सियल मेसिएलले कम्तीमा ६० बच्चाको यौन शोषण गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। सन् १९४१ पछि ३३ पादरी वा साना दर्जाका पादरीले किशोरावस्थाका बच्चाहरूको यौन शोषण गरेको प्रतिवेदनमा उल्लेख छ। धेरैजसो पीडित ११ देखि १६ वर्षको उमेरका किशोर केटा भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्