सरस्वती न्यौपाने, रसुवा ।
देशकै आर्कषक र पर्यटकीय हिसाब र धार्मिक साँस्कृतिक तामाङ हेरिटेजको महत्व बोकेको रसुवामा लाङटाङ पदमार्ग र एक सय आठ कुण्डको अवलोकन गर्न जरुरी छ ।
गोसाइकुण्ड लगाएतका एक सय आठ कुण्ड र नेपाल तिब्बतबीचको युद्ध बखत जित गढीको रुपमा रहेको रसुवागढी, ऐतिहासिक तथा धार्मिक उत्तरगया अर्थात बेत्रागंगा विश्वमै दुर्लभ भनिएको रेडपाण्डा, जैविक र वन्यजन्तु संरक्षित लाङटाङ राष्ट्रिय निकुञ्ज रहेको छ । तामाङ लगाएत बौद्ध धर्म साँस्कृतिक, परम्परागत, साँस्कृतिक महत्वले रसुवा धनि मानिन्छ ।
करिब ६ हजार मिटर भन्दा अग्ला लाङटाङ, गणेश हिमाल लगाएतका अग्ला हिमश्रृङखला रहेको रसुवामा दैनिक दुई सयको हाराहारीमा आन्तरिक तथा बाहय पर्यटकहरु धुन्चे, स्याफ्रु, गत्लाङ, बृद्धिम, गोल्जुङ, चिलिमेमा होटल लगाएतका होमस्टेहरुले मन लोभ्याएको छ । नेपालकै पर्यटकिय महत्वका दृष्टिले ठुलो महत्वका साथै सम्भावना बोकेको छ ।
यस्तै रसुवा जलविद्युतको हव बनिसकेको छ । यसका साथै ओझेलमा परेको पार्वतिकुण्ड, दुधकुण्ड लगाएत नागथलि क्षेत्र एउटा यस्तो ठाउँ रहेको छ जसमा जिउँदै छदा स्वर्गमा नै पुगेको अनुभुति गराउँछ ।
चीनसँगको मुख्य अन्र्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी हुदै वर्षेनी मानसरोवर पुग्ने हजारौँ भारतिय धर्मालम्बी तथा पर्यटकहरुको गन्तव्य यसै जिल्ला रहेको छ ।
यस जिल्लामा विभिन्न धार्मिक एवं साँस्कृतिक रुपले महत्वपुर्ण मानिने ताल तलैया, हिमाल, मठमन्दिरका साथै क्याङजिङ उपत्यका लाङसिसा, आमा याङग्री लगाएत अमर सिंह गुफा लगाएतका थुपै्र पुग्नैपर्ने , घुम्नै पर्ने ठाउँहरु रहेका छन् ।
भौगोलिक बनोट वनजङगल, नदीनाला र जलकुण्ड विभिन्न जातजतिहरुको बसोबास रहनसहन, भेषभुषाका साथै हिमाली जीवन शैली र तिब्बती साँस्कृतिकको प्रशस्त रहेका छ ।
भोटेसँगको युद्धको बेला नेपाली जनताले निर्माण गरेको रसुवागढी मध्यकालमा नेपाल र तिब्बतको व्यापार यही रसुवागढीको बाटोबाट हुन्थ्यो साथै नेपाली तारा भृकुटीको माइती घर पनि यहि रहेको थियो ।











प्रतिक्रिया