विप्लव समूहका उपत्यका संयोजक घिमिरे पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाण्डौं ।

उपत्यका लगाएत विभिन्न स्थानका उद्योगी तथा व्यवसायीलाई आफू नेकपा विप्लव समूहको भनि चन्दा माग्दै धम्क्याउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको कोन्जोसोम गाउँपालिका २ शङ्खुका ३१ वर्षीय राजु घिमिरे (सुजन) रहेको प्रहरीले जनाएको छ ।

विप्लव समूहका युवा संगठनको उपत्यका संयोजक घिमिरेले फोन तथा म्यासेज गरी चन्दा माग गर्ने र नदिएमा जस्तोसुकै भौतिक कारवाही गर्ने धम्की दिने गरेका थिए ।

घिमिरेलाई ललितपुरको कुमारीपाटीबाट ६ थान मोबाईल र विप्लव माओवादीसंग सम्बन्धित विभिन्न दस्तावेजसहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका घिमिरेलाई (एक्स्टर्सन) मुद्दामा थप अनुसन्धानको लागि काठमाण्डौ पठाईएको प्रहरीले जनाएको छ ।