बम विस्फोट गराएको आरोपमा विप्लवका ४ कार्यकर्ता पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरूङको घरमा बम विस्फोट गराएको आरोपमा प्रहरीले विप्लवका चार जना कार्यकर्तालाई पक्राउ गरेको छ ।

प्रहरीको विशेष ब्यूरोले काठमाडौंको बुढानिलकण्ठस्थित नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाको युवा संगठन कार्यालयबाट उक्त चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा युवा संगठनका केन्द्रीय सचिव संजीव लामा, कोषाध्यक्ष तिलकबहादुर गुरुङ, र कार्यालय सचिव वकील घर्तीमगरसहित सोलुखुम्बु इन्चार्ज त्रिलोचन विक रहेको प्रहरीले जनाएको छ ।