सुनसरीबाट करिब १० हजार थान गोलीसहित आधुनिक हतियार बरामद

0
Shares

न्युज अफ नेपाल, विराटनगर ।

सुनसरीको बराहक्षेत्र नगरपालिका ५ बाट आधुनिक हतियार एसएसमजी र १० हजार थान गोली बरामद गरेको छ खण्डहर कुखुराको खोरको सिमेन्टेड भुँइ मुनी गाडेर राखेको अवस्थामा एकथान एसएमजी र ९ हजार ९ सय ८२ वटा गोली प्रहरीले बरामद गरेको हो ।

बरामद हतियार र गोली खिया लागेको अवस्थामा फेला परेको छ ।

विष्फोटक पदार्थ भेटिएको सूचना पाएपछि नेपाली सेनाको बम डिष्पोजल टोलीसहित पुगेको प्रहरीले हतियार बरामद गरेको हो । बरामद हतियार तत्कालिन माओवादी कार्यकर्ताले लुकाएर राखेको हुनसक्ने प्रहरी स्रोतले जनाएको छ ।