नयाँ दिल्ली, भारतीय नागरिकता संशोधन विधयेक विरुद्ध भइरहेको प्रदर्शनमा अहिलेसम्म उत्तरप्रदेशमा ८ वर्षीय बालकसहित १५ जनाको मृत्यु भएको छ ।
त्यसबाहेक ८७९ मानिसलाई पक्राउ गरिएको छ र १३५ अपराधिक मुद्दा दर्ता गरिएको छ । प्रदर्शनमा २८८ प्रहरी पनि घाइते भएको उत्तर प्रदेशका डीजीपी ओपी सिंहले बताए ।
अधिकारीहरूले शनिबार मेरठ जिल्लामा ४ जनाको मृत्यु भएको बताएका थिए । कानपुर र बिजनौर मा २-२ जनाको मृत्यु भएको उनीहरूले जनाएका थिए ।
वाराणसीको भागदौडमा ८ वर्षीय एक बालकको मृत्यु भएको थियो । संभल र फिरोजाबादमा एक–एक जनाको मृत्यु भयो । ४ दिनको शान्तिपछि अलिगढ मुस्लिम विश्वविद्यालय परिसरमा शनिबार फेरि विरोध प्रदर्शन भयो । एएमयूका गैर शैक्षणिक कर्मचारीले पनि एएमयू शिक्षक संघसँग मिलेर प्रदर्शन गरे ।
प्रदर्शनको क्रममा आफूहरूले फायरिङ नगरेको र मृत्यु गोली लागेर नभएको उत्तर प्रदेश प्रहरीको दावी छ । तर बाहिर आएका केही भिडियो र तस्बिरमा प्रहरी फायरिङ गरिरहेका देखिन्छन् । एनडीटीवीका अनुसार कानपुरका केही भिडियोमा प्रहरी फायरिङ गरिरहेका देखिएका छन् ।
People are supporting #CitizenshipAmendmentAct as it is not against any caste or religion.
But only for political gains some political parties are misleading people & trying to create confusion.
Today people are on streets to show their strong support. #IndiaSupportsCAA pic.twitter.com/ONpPApXJbN— Devendra Fadnavis (@Dev_Fadnavis) December 22, 2019
त्यस्तै उत्तर प्रदेशको इलाहाबादमा शनिबार रातिसम्मको लागि इन्टरनेट सेवा बन्द गरिएको थियो । उत्तरप्रदेशकै अन्य भागमा पनि समय(समयमा इन्टरनेट बन्द गरिएको छ । मानिसहरू सरकारको निन्दनीय कार्यको प्रशस्त विरोध गरिरहेका छन् ।
भारतका विभिन्न ठाउँमा नागरिकता संशोधन कानून, २०१९ को विरोधमा प्रदर्शन भइरहेको छ । यो कानूनमा अफगानस्थान, बंगलादेश र पाकिस्तानबाट भारत आएका हिन्दु, सिख, बौद्ध, जैन, पारसी र इसाई धर्मका मानिसलाई नागरिकता दिने प्रावधान गरिएको छ । नागरिकता संशोधन कानूनमा भारतमा शरण लिन चाहने मुस्लिमलाई नागरिकताको दायराबाट बाहिर राखिएको छ ।
अन्य धर्म र मुस्लिमको बीचमा भएको विभेदका कारण उक्त विधयेकको आलोचना भएको हो । सरकारको उक्त कार्यलाई धर्मनिरपेक्षतामाथि प्रहार र यसलाई बद्ल्न सरकारले गरिरहेको झेलको रूपमा बुझिएको छ । अहिलेसम्म भारतमा कसैलाई पनि धर्मको आधारमा नागरिकताबाट बहिस्कार गरिएको थिएन ।
एजेन्सी
प्रतिक्रिया