जंकफुड निरुत्साहित गर्न विद्यार्थीलाई टिफिनबक्स

0
Shares

अमृत अर्याल, स्याङजा ।

जंकफुडलाई निरुत्साहित गर्न यहाँका विद्यार्थीहरुलाई टिफिनबक्स वितरण गरिएको छ । वालिङ नगरपालिका वडा नं. ५ ले आफ्ना वडाका विद्यार्थीहरुलाई टिफिन बक्स वितरण गरेको हो ।

वडाभित्र रहेका ६ सामुदायिक विद्यालयका १०१ जना विद्यार्थीलाई टिफिनबक्स वितरण गरिएको हो । यमुनादेवि आधारभुत विद्यालय, सरस्वति आधारभुत विद्यालय, कन्या आधारभुत विद्यालय, चिसापानी आधारभुत विद्यालय र महेन्द्र माध्यमिक विद्यालयमा कक्षा नर्सरी र १ कक्षामा अध्ययनरत विद्यार्थीलाई टिफिन बक्स वितरण गरिएको वडा अध्यक्ष ढाकाराम पंगेनीले बताउनुभयो । प्याकेजिङ खाजा भन्दा घरमै बनाईएको खाजाप्रति विद्यार्थी तथा अभिभावकहरुलाई आकर्षित गर्न वडा भित्रका बालबालिकाहरुलाई टिफिन बक्स वितरण गरिएको अध्यक्ष पंगेनीको भनाई छ ।

कार्यक्रममा नगरकार्यपालिका सदस्य जमुना खड्का, महेन्द्र माविका प्रधानाध्यापक गोपानधन सुवेदी लगायतले घरमै बनाईएका खाजा स्वास्थ्यवद्र्धक हुने भएकाले बालबालिकाहरुलाई अर्गानिक खाजा तथा खानामा उत्पे्ररित गर्नुपर्ने बताउनुभयो ।

वडा अध्यक्ष पंगेनीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव ओमबहादुर थापाले गर्नुभएको थियो । वडाका ६ वटै विद्यालयमा पुगेर बालबालिकाहरुलाई टिफिनबक्स वितरण गरिएको अध्यक्ष पंगेनीले जानकारी दिनुभयो । टिफिन बक्सले घरमा तयार पारिएका खाजाहरु विद्यालयमा खाजाको रुपमा प्रयोग गर्न विद्यार्थीलाई प्रेरणा मिल्ने विश्वास गरिएको छ ।