जनप्रतिनिधि नै महिला जिस्काउँछन्, धम्क्याउँछन्ः गाउँमा छैन सुख !

0
Shares

न्युज अफ नेपाल, भोजपुर ।

दक्षिणी हतुवागढी गाउँपालिका ६ होम्ताङका वडासदस्य बालकुमार राई बलात्कार प्रयासमा पक्राउ परेका छन् । कोहि नभएको मौका छोपी बाटो छेकेर राईले स्थानीय एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो।

४ दिनअघि स्थानीय लुङ्कुवाकी एक स्थानीय युवतीलाई साँझ घर फर्कने क्रममा वडासदस्य राईले जबरजस्ती गर्ने प्रयास गरेको खुलेको प्रहरीले जनाएको छ।

पीडित युवतीका परिवारले जबरजस्ती करणी गर्न खोजिएको भन्दै गत पुष ३ गते वडा कार्यालयमा निवेदन दिएका थिए। कार्यालयमा निवेदन आएपछि सत्यतथ्य बुझ्न खोज्दा पीडक नै दोषी देखिएपछि सोहि वडाका वडाध्यक्ष सागर राईले प्रहरीको जिम्मा लगाएका थिए ।

इलाका प्रहरी कार्यालय घोरेटारका प्रहरी निरीक्षक जसबहादुर लिम्बूका अनुसार पीडक राईलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय भोजपुर ल्याइएको छ ।अब म्याद थप गरेर अनुसन्धान र कानुनी प्रक्रिया अगाडी बढाइने उनले बताए ।

राई यसअघि जबरजस्ती करणी आरोपमा वडा कार्यालयले निलम्बन गरेको थियो । गाउँमा पनि उनको नियत राम्रो नभएको स्थानीयबासीको आरोप छ।एक स्थानीयले भने, ‘गाउँमा सुख छैन।गाउँका केटीलाई पनि दुव्र्यवहार गर्दै हिँड्छ, जिस्काउँछ, धम्क्याउँछ।