धर्मको निन्दा गरेको भन्दै विश्वविद्यालयका शिक्षकलाई मृत्युदण्ड

0
Shares

एजेन्सी, पाकिस्तानमा एक विश्वविद्यालयका एक शिक्षकलाई ईश्वरको निन्दा गरेको भन्दै मृत्युदण्डको सजाय सुनाइएको छ। पाकिस्तानमा धर्म निन्दालाई गम्भीर अपराधका रुपमा हेर्ने गरिन्छ । यसरी आरोप मात्रै लागेका व्यक्ति पनि अतिवादी समूहको निशानामा पर्ने गरेका छन् ।

सन् २०१३, मार्च मा जुनैद हफिजलाई पैगम्बर मोहम्मदबारे सामाजिक सञ्जालमा अनादरपूर्ण कुराहरु लेखेको आरोपमा पक्राउ गरेको थियो । अमेरिकी साहित्य, फोटोग्राफी र नाटकमा विज्ञता हाँसिल गरेका ३३ वर्षीय हफिजले फूलब्राइट छात्रवृत्तिअन्तर्गत अमेरिकामा स्नातकोत्तर गरेका थिए।

अध्ययनपछि पाकिस्तान फर्किएका हफिज बहायद्यिन जकारिया युनिभर्सिटीका शिक्षक थिए। उनी विश्व विद्ययालयबाट पक्राउ परेका थिए। उनलाई मुल्तान सहरस्थित केन्द्रीय कारागारमा हुँदा सजाय सुनाइएको हो । उनका वकिलले फैसलालाई दुर्भाग्यपूर्ण भन्दै त्यस विरुद्ध पुनरावेदन दिने समाचार संस्था एएफपीलाई बताएका छन्।

सन् २०१४ मा हफिजको मुद्धा लड्न सहमत भएका वकिल रसिद रेहानलाई एक बन्धुकधारीले मारेको थियो । जेलभित्र अन्य बन्दीबाट आक्रमण भएपछि हफिजलाई केही समय एक्लो कोठामा कैद गरिएको थियो।

धर्म निन्दा गरेको भन्दै अहिलेसम्म पाकिस्तानमा ४० जनालाई मृत्युदण्ड सुनाइएको छ । तर सजाय भने कार्यन्वयन गरिएको छैन् । पाकिस्तानमा इस्लाम धर्मको अनादर गर्नेलाई मृत्युदण्ड हुने कडा सजायको व्यवस्था छ।

इस्लाम पाकिस्तानको राष्ट्रिय धर्म हो ।धर्म निन्दासम्बन्धी कडा कानुनको पक्षमा जनसमर्थन रहिआएको छ । सन् १९९० को दशक यता कैयौं इसाइ पनि धर्म निन्दाको आरोपमा दोषी ठहर भएका छन् । सन् १९९० यता इसा निन्दाको आरोपमा कम्तीमा ६५ जनाको हत्या भएको छ।

अभियोजनकर्ता वकिलले भने फैसलापछि ुईश्वरको निन्दा गर्नेलाई मृत्युु भन्दै नाराबाजी गरे र आपसमा मिठाई बाँडेर खुशीयाली मनाएका थिए। एमनेस्टी इन्टर नेसनलले फैसलाबाट निकै दुःख र आश्चर्य चकित भएको भन्दै उक्त फैसला अन्यायपूर्ण भएको जनाएको छ।