बैदिक धर्म प्रशिक्षण सुरु

0
Shares

अमृत अर्याल, स्याङजा ।

बैदिक धर्म प्रशिक्षण बिशेष कार्यक्रम वालिङमा सम्पन्न भएको छ । बैदिक सनातन धर्म संस्कार र संस्कृतिको संरक्षण, राष्ट्र,राष्ट्रियता र आर्थिक संमृद्धिका लागि हामी उठौंं भन्ने नाराका साथ प्रशिक्षण कार्यक्रम गरिएको हो ।

विश्व हिन्दु महासंघ वालिङ नगर समितिको आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा १००८ स्वामी ईश्वरानन्द महाराजजी, बिश्व हिन्दु महासंघका केन्द्रीय सदस्य प. नेत्र प्रसाद पराजुली, ब्राह्मण समाज स्याङ्जाका अध्यक्ष पुण्य प्रसाद तिमिल्सना, प. रेवाधर उपाध्याय लगायतले प्रशिक्षण दिनु भएको थियो ।

प्रशिक्षण कार्यक्रमको उद्दघाटन गर्दै वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले बैदिक सनातन धर्ममा सबै अटाउने खालको र बृहत भएको बताउनु भएको छ । उहाँले भन्नुभयो, बास्तविक धर्म बैदिक सनातन नै हो अरु सबै सम्प्रदाय मात्रै हुन् जुन बिभिन्न व्यक्तिहरुले स्थापना गरेका छन् । हिन्दु संस्कार र संस्कृति बैदिक कालको भएको भन्दै यसमा शक्ति साधना भएको र मोक्ष बास्तविक पक्ष रहेको बताउनु भयो । उहाँले यस्ता प्रशिक्षणले बिभिन्न खाले भ्रम चिर्न सहज हुने धारणा राख्नुभयो ।

कार्यक्रममा वालिङ नगर उपप्रमुख कल्पना तिवारी, बिश्व हिन्दु महासंघ स्याङ्जाका अध्यक्ष हरिहर पाण्डे, बिश्व हिन्दु महासंघ वालिङका सल्लाहकार हुमकान्त कोईराला लगायतले बोलेका थिए ।

महासंघ वालिङका अध्यक्ष सीताराम अधिकारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत उपाध्यक्ष रोशन दर्जी, धन्यवाद युवराज गौतमले सञ्चालन सचिव पदमपाणि काफ्लेले गर्नु भएको थियो