नेपाल–चीन व्यापारिक सम्बन्ध विस्तारमा जोड

0
Shares

काठमाडौं, (नेस)।

नेपाल–चीन उद्योग वाणिज्य संघले नेपालका लागि चिनियाँ राजदूत ह्उ योनक्युसँग भेटघाट गरी दुई देशबीचको व्यापार, पर्यटन तथा आर्थिक प्रवद्र्धनका विषयमा छलफल गरेको छ।

भेटघाटमा नेपालका लागि चिनियाँ राजदूतले चिनियाँ उत्पादन सस्तो तथा गुणस्तरयुक्त भएको कारण विश्वमा नै ठूलो निर्यातमूलक राष्ट्र भएको कुरा बताउनुभयो।

साथै दुई देशबीचको व्यापार वृद्धिमा नेपालतर्फको साँगुरो सडक नै बाधकको रूपमा देखा परेको हुँदा दुवै राष्ट्र नेपालको सडक निर्माण तथा विस्तारमा लागि परेको कुरा बताउनुभयो।

नेपालमा विमानस्थालको निर्माण तीव्र गतिमा भइरकेको र हालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालको प्रोजेक्ट पूर्ण गरी हस्तान्तरण गरिसकेको कुरा बताउनुभयो।

भेटघाटका क्रममा संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले दुई देशबीच विद्यमान व्यापारिक सम्भावना र समस्याबारे जानकारी दिनुभयो। नेपाल–चीनबीच नयाँ हवाई गन्तव्य विस्तार भएको र संघाई जस्तो ठूलो शहर मा समेत सो सेवा विस्तार गर्नुपर्ने जसबाट नेपाल भ्रमण वर्ष २०२० सफल हुने बताउनुभयो।