बस र जिप एक आपसमा ठोक्किँदा ६ यात्रु घाइते

0
Shares

किरन धामी, दार्चुला ।

दार्चुलामा बस र जिप एक आपसमा ठोक्किदा जिपमा सवार ६ यात्रु घाइते भएका छन् । शनिबार बेलुका ४ बजे तिर सदरमुकाम खलंगाबाट महेन्द्रनगर जादै गरेको ना ४ ख ५९२२ नम्बर को बस र मार्मा गाउँपालिकाको लटिनाथबाट सदरमुकाम खलंगा आउदै गरेको म १ ज २३३ नम्बरको जिप मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ८ पस्तीमा एक ठोक्किदा जिपमा सवार ६ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घाइते सबै यात्रु मार्मा गाउँपालिका वडा नम्बर २ का रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा ६४ वर्षिय आन सिंह विष्ट, ६६ वर्षिय महामती विष्ट, ६४ वर्षिय कृष्णा विष्ट, ६२ वर्षिय आइते विष्ट, २५ वर्षिय उमेश सिंह विष्ट र ३२ वर्षिय नरेन्द्र विष्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घाइते सबै यात्रुलाई घट्ना स्थलबाट प्रहरीले उद्धार गरी जिल्ला अस्पताल दार्चुला पुर्याएको छ । उनिहरुको उपचार भैइरहेको तथा अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।

बस र जिप प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।