नगदसहित हराएको सामान सम्बन्धित धनीलाई फिर्ता

0
Shares

काठमाडौँ । पर्यटक प्रहरीले जर्मनी नागरिकको हराएको नगद र सामान फेला पारेर सम्बन्धित धनीलाई नै फिर्ता गरेको छ ।

जर्मनी नागरिक मुहल पियुस् मोरीटिजको हराएको नगद र पासपोर्ट (राहदानी) सहितको झोला फेला पारेर सम्बन्धित धनीलाई फिर्ता गरेको हो । आज बिहान ठमेलबाट नयाँ बसपार्क जाने क्रममा उनको सामान ट्याक्सिमा छुटेको थियो । मोरीटिजले सामान हराएको निवेदन दिएपछि पर्यटक प्रहरीले खोजी गरेर फिर्ता गरेको हो । पर्यटक प्रहरीले सामान खोज्ने क्रममा बा १ ज ८४७६ नम्बरको ट्याक्सीमा रु एकलाख, मोबाइल र पासपोर्टलगायत सामान भेटिएको थियो । ट्याक्सी चालक रामेछापका २८ वर्षीय हरी श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।

पर्यटक प्रहरीले यसअघि पनि विदेशी नागरिकका हराएका विभिन्न सामान तथा नगद फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गर्दै आइरहेको पर्यटक प्रहरी इकाई भृकुटीमण्डपका प्रमुख अमृतबहादुर बस्नेतले राससलाई जानकारी दिनुभयो ।