चर्चित फ्रान्सेली अभिनेत्री क्लाउडिन ओगरको निधन

0
Shares

जेम्स बोन्डको फिल्म थन्डरबलमा सीन कन्नरसँगको भूमिकाका लागि परिचित फ्रान्सेली अभिनेत्री क्लाउडिन ओगरको ७८ वर्षको उमेरमा निधन भएको छ । बिरमी भएर लामो समय ओछ्यानमा बिताएकी ओगरको मृत्यु पेरिसमा भएको छ ।

फ्रान्सको प्रतिनिधित्व गर्दै मिस वर्ल्डमा १९५८ मा पहिलो रनर-अप उपाधि जितेकी ओगरले आफूलाई मोडेलको रूपमा परिचित गराएकि थिइन् । १९५८ मा क्लाउडिनले ‘क्रिस्टीन’ नामक फिल्मबाट फिल्म करियरको सुरवात गरेकी थिइन् ।

यस्तै, उनी बोन्ड सिरिजमा कास्ट गरिएकी पहिलो फ्रान्सेली अभिनेत्री हुन् ।