बलात्कार अभियोगमा दोषी ठहर भएका सांसदलाई आजीवन जेलसहित २५ लाख जरिवाना

0
Shares

न्युज अफ नेपाल, नयाँदिल्ली ।

बलात्कार अभियोगमा दोषी ठहर भएका भारतीय सांसद कुलदीप सेंगरलाई आजीवन कारावास सजाय भएको छ । दिल्ली अदालतले सेंगरमाथि शुक्रबार आजीवन जेलसहित २५ लाख जरिवाना समेत तोकेको छ ।

सेंगरले २०१७ मा उत्तर प्रदेशको उन्नाओस्थित कानुन क्याम्पसकी एक छात्रालाई बलात्कार गरेको अभियोग लागेको थियो । सेंगरसँगै अर्का आरोपी शशी सिंहलाई भने अदालतले निर्दोष सावित गरेको छ ।

दिल्लीस्थित हजारी अदालतले सेंगरमाथि फैसला सुनाएको हो । यसअघि पीडितले सेंगरविरुद्ध लखनउ अदालतमा मुद्दा दायर गरेकी थिइन् । तर तीन वर्षसम्म पनि न्याय नपाएपछि सेंगरलाई राज्यले नै संरक्षण दिएको बताउदै पीडित युवातीले आत्मदाह गर्ने चेतावनी दिएकि थिइन् । उनको चेतावनी पश्चात सेंगरमाथिको मुद्दा अघि बढेको थियो ।

यस्तै अदालतले पीडितलाई सेंगरले १० लाख रकम थप क्षतिपुर्ति दिनुपर्ने फैसला सुनाएको छ । यसै बिच मुद्दा चल्दै गर्दा पीडितपक्षलाई बारम्बार ज्यान मार्ने धम्की समेत आएको थियो ।