१५ हजार घुससहित प्रहरी नायब निरीक्षक रंगेहात पक्राउ

0
Shares

न्युज अफ नेपाल, जनकपुर ।

धनुषामा एकजना प्रहरी नायब निरीक्षक (सई) घुससहित रंगेहात पक्राउ परेका छन् । धनुषाको धारापानीमा कार्यरत सई कालीचरण पंजियार १५ हजार घुस रकमसहित पक्राउ परेका हुन् ।

पंजियारले दुर्घटनाको मुद्दा मिलाइदिने भन्दै एक स्थानीयसँग घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट खटेको टोलीले उनलाई पक्राउ गरेको हो । उनलाई शुक्रबार साँझ धनुषाको मिथिला नगरपालिका–६ ढल्केवर चोकबाट टोलीले पक्राउ गरेको हो ।

पंजियारलाई आवश्यक कारवाहीको लागि अख्तियार दुरुपायोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय काठमाडौं टंगाल पठाइएको टोलीले जनाएको छ ।