मोटरसाइकल चोरी गर्ने चार पक्राउ

0
Shares

न्युज अफ नेपाल, वीरगञ्ज ।

मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको कोल्बी नगरपालिका वडा नम्बर ६ सखुवाहा बस्ने २३ वर्षीय देवराज चौधरी, वडा नम्बर ५ मलहनियाका १८ वर्षीय आशा चौधरी, करैयामाई गाउँपालिका वडा नम्बर ५ ठोरिहाई बस्ने २० वर्षीय राकेश चौधरी र २० वर्षीय दिपक चौधरी रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ बाट मोटरसनइकल चोरी गर्न लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको साथबाट पहरीले मोटरसाइकलको लक फुटाउने मास्टर साँचो र मोटरसाइकल चालु गर्न प्रयोग गरिने स्वीच, प्लक थान २ बरामद गरेको छ ।

पक्राउ परेका उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।