नेपाल प्रहरीका २४ एसपीको सरुवाः चितवनमा पन्त, धादिङमा रेग्मी (सूचीसहित)

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल प्रहरीका २४ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शुक्रबार २४ जना एसपीको सरुवा गरेका हुन् ।

सरुवा सूची अनुसार जिल्ला प्रहरी कार्यालय, चितवनमा गंगा पन्त, झापामा कृष्ण कोइराला, स्याङ्जामा जनार्दन जिसी, कञ्चनपुरमा मुकुन्द मरासिनी, सिन्धुलीमा रन्जु सिग्देल, काभ्रेमा रविकुमार पौडेल र धादिङमा रवीन्द्र रेग्मी पठाइएका छन् ।

रौतहटमा रविराज खड्का, धनुषामा रमेशकुमार बस्नेत, सर्लाहीमा विश्वमणि पोखरेल र मकवानपुरमा सुशीलसिंह राठौर पठाइएका छन् ।

हेर्नुहोस् सूची

sp-saruwa-2076-09-04