प्रधानसेनापति थापा पुस अन्तिम साता बंगलादेश जाँदै

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले पुस अन्तिम साता बंगलादेशको औपचारिक भ्रमण गर्ने भएका छन् । चार दिने भ्रमणका लागि २८ पुसमा थापा बंगलादेशतर्फ प्रस्थान गर्ने तय भएको नेपाली सेनाको जंगीअड्डाले जनाएको हो ।

सैनिक स्रोतका अनुसार भ्रमणको तयारी तिब्र भइरहेको र भ्रमणका क्रममा हुने भेटवार्ताका विषयका बारेमा भने अझै टुंगो लागिसेको छैन ।

बंगलादेशका प्रधानसेनापति अजिज अहमदको निमन्त्रणमा थापाले गर्न लागेको भ्रमणमा त्यहाँका प्रधामन्त्री, रक्षामन्त्री लगायतसँग पनि भेटवार्ता हुनसक्ने अनुमान गरिएको छ ।

थापाको भ्रमण टोलीमा जंगीअड्डाका एक जना उपरथी र सहायक रथी र निजी सुरक्षा अधिकृत (एडीसी) सहभागी हुनेछन् ।

बंगलादेशका प्रधानसेनापति अहमद थापाको भ्रमणपछि नेपाल आउनेछन् । भ्रमणले दुई देश बीचको सैन्य सम्बन्धलाई सुमधुर बनाउनुका साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धनलाई सुमधुर बनाउने विश्वास लिइएको सेनाले जनाएको छ ।