प्रचण्डपत्नी सिता हरिद्वारस्थित बाबा रामेदवको आश्रममा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई उपचारका लागि भारतको हरिद्वारस्थित बाबा रामदेवको आश्रममा पुर्‍याइएको छ ।

उनकी छोरी गंगा दाहालले बाबा रामदेव र आचार्य बालकृष्णले सीतालाई भेटेको तस्वीर पनि उनले सामाजिक सञ्जालमा पोष्ट गरेकी छन् । सीताका साथमा छोरी गंगा तथा पूर्वमन्त्री मात्रिका यादव र उनकी पत्नीसमेत छन् ।

सीता लामो समयदेखिपार्किन्सन्स जस्तो लक्षण भएको एक जटिल रोगबाट पिडिडत छन् । त्यसलाई चिकित्सकीय भाषामा प्रोग्रेसिभ सुपरन्युक्लियर पाल्सी (पीएसपी) भनिन्छ । यो एक दुर्लभ शारीरिक समस्या हो जसका कारण मानिसको मानसिक सन्तुलन बिग्रिनुका साथै हिँड्न, बोल्न र निल्नसमेत कठिन हुने गर्छ । सीतालाई यसअघि प्रचण्डले उपचारका लागि अमेरिकासमेत लगेका थिए ।