दाङमा पिकअप भ्यान दुर्घटना हुँदा एकको मृत्यु, एक बच्चासहित ५ घाइते

0
Shares

न्युज अफ नेपाल, दाङ ।

दाङको तुलसीपुरदेखि सल्यान फलाबाङ जाँदै गरेको रा१ज ८२२ नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

तुलसिपर उपमहानगरपालिका ३ हनेटीमा भएको दुर्घटनामा परी घटनास्थलमै एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान भने भएको छैन ।

दुर्घटना एक बच्चासहित पाँचजना घाइते भएका छन् । उपचारका लागि घाइतेलाई राप्ति प्रादेशिक अस्पताल दाङमा पठाइएको प्रहरीले जनाएको छ ।