लामो समयपछि शिल्पाको भाबुक स्टाटस

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका शिल्पा पोखरेल अहिले कुन अवस्थाबाट गु’ज्रिरहेकी छन् हामि सबैलाई थाहा नै छ ।

निर्माता छविराज ओझासँग २०७३ साल असार २९ गते विवाह गरेकी उनले यस बर्षको असारमा श्रीमानवि’रुद्ध प्रहरीमा घरेलु हिं’सा’को उजुरी दिएकी थिइन् ।उनले उजुरी दिएपछि प्रहरीले दुबैलाई उपस्थित गराई अब झ’ग’डा नगर्ने भनि सम्झाएर पठायो ।

मिडियामा पनि दुबैले एक अर्कालाई आ’रोप लगाउदै आफ्नो बचाउ गर्न थाले । निर्माता छविराजले शिल्पालाई घर फर्कन आग्रह गरे तर शिल्पा सँगै बस्न नसक्ने बबताउदै आइन् ।

यसैक्रममा छविकी जेठी श्रीमती हेमा ओझाले दुबैवि’रुद्ध प्रहरीमा बहुविवाहको उजुरी दिइन् । छविकी जेठी श्रीमती हेमाको उजुरी पछि काठमाडौं जिल्ला अदालतमा प्रहरीले दुबैलाई पक्राउ गर्ने अनुमती माग्यो । तर छबि र शिल्पा भने फरार भए । लामो समयको फरारपछी शिल्पा सर्वोच्च अदालतसम्म पुगिन् ।

त्यसपछी उनलाई जिल्ला अदालत काठमाडौंले साधारण तारेखमा छाड्यो । उनले अहिले पनि नसोचेको घटनासँग लड्दै आएकी छन् ।

यसैक्रममा शालै अभिनेत्री शिल्पाले सामाजिक सञ्जाल इन्स्टाग्राम एक स्टोरी राखेकी छिन् । उनले तस्बिर शेयर गर्दै लेखेकी छिन् – ‘गजबको प्रतिस्पर्धा चल्दैछ भाग्य र मबीच । उ जित्न दिँदैन म हार्न जान्दिनँ ।’