तुईन पारी ढुङ्गाले लागेर एकको मृत्यु

0
Shares

विर बहादुर बंम, मुगु ।

छायाँनाथ रारा नगरपालिका वडा नं १३ रुगा भट्याचौर तुईन पारी ढुङ्गाले थिचेर एक जनाको मृत्यु भएको छ । बर्दिया जिल्ला बड्ईया ताल गाउँपालीका वडा २.का ३८ बर्षिय रामजि प्रसाद लामिछानेको ढुङ्गाले थिचेर मृत्यु भएको हो ।

कामको शिलशिलामा सदरमुकाम गमगढी बाट छायाँनाथ रारा नगरपालीका वडा नं १४ बाम मा मेशीन जडान गर्न जाने क्रममा भट्याचौरमा रहेको तुईन पारी पाखाबाट आएको ढुङ्गाले थिचेर टाउकोमा गहिरो चोट लागि लामिछाने घाईते भएका थिय ।

लगत्तै उपचारको लागि जिल्ला अस्पातल ल्याउने क्रममा रात्ति ३ बजे उनको मृत्यु भएको जिल्ला अस्पताल मुगुका डा. निर्मल नगरीकोटीले जानकारी दिए ।

योगेश मेसीन एण्ड सप्लार्यस बाँकेमा कार्यरत लामिछाने मेसीन जडानको लागि मुगु आएका र सोही क्रममा भे ३ प ९९३२ नम्बरको मोटरसाईकल चढि बाम गाउँ जाने क्रममा रुगा गाउँ तुईन पारी माथिबाट आएको ढुगाँ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मुगुले जनाएको छ ।

उनको शव अहिले जिल्ला अस्पतालमा राखिएको र आफन्त आईसकेपछि मात्र परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।