साम्प्रदायिक दंगामा १२ को मृत्यु

0
Shares

अबुजा ।  साम्प्रदायिक दंगामा परी नाइजेरियामा बिहीबार कम्तीमा १२ जनाको मृत्यु भएको छ । देशको दक्षिण्न भागम पर्ने “क्रस रिभर” राज्यमा भएको डङ्गाका क्रममा उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

घटनामा परी अरु दर्जनौँ स्थानीय बासिन्दा घाइते भएका र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको श्रोतले जनाएको छ । प्रहरीकाअनुसार झडपका क्रममा कैयौँ घरमा आगजनी गरेका छन्, भने सुरक्षाकर्मीहरुले दबाउने प्रयास गरिरहेका छन् ।

क्रस रिभर राज्यका प्रहरी प्रवक्ता केरेवेम अक्पानले मृत्यु हुनेहरुको यकिन तथ्याङ्क भने बताउनु भएको छैन् । घटनास्थलमा १२ वटा शव भेटिएको स्थानीय अधिकारीहरुले बताएको समाचारमा जनाइएको छ ।

घटनामा परेर घाइते भएका २० जना भन्दा बढीलाई उपचारका लागि अझै पनि अस्पतालमा राखिएको अधिकारीहरुले जनाएका छन् । सिन्ह्वा