क्षमा आदेश



म्याड्रिड, (एजेन्सी)।

युरोपेली संघ (ईयू) को उच्च अदालतले बिहीबार युरोपेली संसद्मा आफ्नो स्थान ग्रहण गराउनका लागि कारागारमा थुनिएका क्याटलान पृथकतावादी नेतालाई बाँकी सँजाय मुक्त गरिनुपर्ने आदेश दिएको छ।

युरोपेली अदालतले ओरियल जन्क्युरस आफूविरुद्ध राष्ट्रद्रोहको मुद्दा चलिरहे पनि गत मेमा उक्त संसद् सदस्यमा निर्वाचित भएको जनाएको छ।

पछि उनलाई सन् २०१७ को क्याटलान स्वतन्त्रतामाथि भएको अवैध जनमत संग्रहमा भूमिका निभाएको अभियोगमा जेल चलान गरिएको थियो। उनले अन्ततः युरोपबाट आफूलाई न्याय मिलेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्