तिमीले बाटो फेर्यौ नयाँ भर्सनमा


तिमीले बाटो फेर्यौ अरे गीतले लोकप्रियता पाएपछि यसको नयाँ भर्सन तिमीले बाटो फेर्यौ अरे…२ सार्वजनिक गरिएको छ। लोकप्रिय भारतीय रियालिटी सो सारेगम प लिटिल चाम्समा आफ्नो स्वरको जादुबाट सबैको मन जित्न सफल गायक प्रितम आचार्यको स्वरमा नयाँ भर्सन सार्वजनिक भएको हो।

मेलिना राईको स्वरमा रहेको तिमीले बाटो फेर्यौ अरे…२ युट्युबमा करोड भ्युअर्स पुग्नै लाग्दा गीतकार दर्पण राईले प्रितमको स्वरमा नयाँ भर्सनको तिमीले बाटो फेर्यौ अरे…२ गीत सार्वजनिक गरेका हुन्।

विक्रम राईको संगीत र रिकेश गुरुको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियोमा राम केसीको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ।