कृष्णउदास खनाल, वीरगन्ज ।
मध्यतराईमा बढेको शितलहरसँगैको अत्यधिक चिसोका कारण जनजीवन कष्टकर बन्न थालेको छ।
गर्मी समयमा ४४ डिग्रीसम्मको तामक्रम रहने वीरगन्ज सहितका मध्य तराईका शहरहरुमा चिसोका कारण जनजीवन कष्टकर बनेको हो । पर्सा जिल्लाभरीको अति विपन्नको संकलित तथ्यांकअनुसार १ हजार ६२१ घरधुरीका ६ हजार ७७१ जना अति विपन्न परिवारका सदस्यहरु रहेका छन् । बाहिरबाट जिल्लामा काम विशेषले आउने, बटुवा लगायतका जिल्लाका सबै मानिसलाई यो वर्षको शीतलहरमा चीसोकै कारण पर्सामा ज्यान गुमाउन नपरोस् भनी विभिन्न उपायसमेत अपनाइएको जनप्रतिनिधिहरुले बताएका छन् ।
पहिलो प्राथमिकता अति विपन्नलाई बचाउने जिल्लामा अति विपन्न कति मानिस छन् ? भनी हरेक पालिकाका दलित, सीमान्तकृत पिपन्न समुदायबाट संकलित तथ्यांकमा ६ हजार ७७१ जनाको तथ्याँक जम्मा भएको पर्साका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जानकारी दिनुभयो । पूर्वतयारीमा स्थानीय प्रशासन गएको मंसिर २७ गते जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्लाका सबै सरोकारवाला निकायका जिम्मेवार व्यक्तिहरुको बैठकले शितलहरका समयमा के–के गर्न सकिन्छ? भनी सुझाव संकलन गर्ने, पूर्वतयारीका लागि इन्धन, न्यानो कपडा जोगाड गर्ने, इन्धन बाल्दा हुन सक्ने आगलागी र अन्य विपत्का घटनामा आवश्यक पर्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने जस्ता कामको कार्य विभाजन गरेको छ।
यसको लागि ६ बुँदे निर्णय सहित विभिन्न सामाजिक संघ संस्थासँग पनि समन्वय भइरहेको जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ। न्यानो कपडाको जोगाडका लागि स्थानीय तह, रेडक्रस, उद्योग बाणिज्य संघलाई जिम्मेवारी दिइएको छ। त्यसै गरी कृषि फसलको संरक्षण, रेखदेख वा क्षतिको निरुपणका लागि कृषि ज्ञान केन्द्र, स्थानीय तह लगायतका संस्थाहरुलाई तयारी रहन भनिएको छ।
जिल्ला भरीमा संकलित न्यानो कपडाले अपुग हुने आँकलन गर्दै संघ सरकारसँग ३ हजार र प्रदेश सरकारसँग १ हजार ५०० कम्बल तथा न्यानो कपडाको माग गर्ने, त्यसको पहल जिल्ला प्रशासन कार्यालयले गर्ने, चीसोमा चोक चोक, र ग्रामिण बस्तीको संरक्षणका लागि वन कार्यालय र टिम्बर कर्पोरेशनले स्थानीय तहहरुसँग समन्वय गरी अलि बढि सकृयता देखाउने लगायतका कार्य विभाजन भएको छ। सुरक्षित रहन चिकित्सकको सुझाव यो बर्षको चीसो र शितलहरले जनजीवन निकै कष्टकर बन्न थालेपछि चिसोका कारण अस्पतालमा बिरामीहरुको संख्या पनि बढेको अस्पतालका चिकित्सकहरुले बताएका छन्। चीसोमा बालबालिका, बृद्धबृद्धा र विरामीको बढि ख्याल गर्नु पर्ने चिकित्सकहरुको भनाइ छ।











प्रतिक्रिया