२०१४ मै बन्द भइसकेको ‘विन्डोज एक्स पि’ चलाउँछन पुटिन

0
Shares

एजेन्सी, रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले आफ्नो कम्प्युटरमा बन्द भइसकेको ‘विन्डोज एक्स पि’ को प्रयोग गर्छन् । गत महिना क्रेमिकल प्रेसले मस्कोमा पुटिनको निवासको फोटो सार्वजनिक गरेको थियो । फोटोमा उनी कम्प्युटर स्क्रिनको अगाडी बसेका छन् । जसमा उनको कम्प्युटर ब्याक ग्राउन्डमा क्रेमलिनको फोटो देखिन्छ । कम्प्युटर स्क्रिनको तल एक नीलो ट्याक्सबार छ । जसले उनी आज पनि ‘विन्डोज एक्स पि’ प्रयोग गर्छन् भन्ने पुस्टि गर्छ ।

‘विन्डोज एक्स पि’ २००१ मा सुरु भएको हो । तर यो २०१४ मा फेरी बन्द भएको थियो । साथै सम्पूर्ण प्रयोगकर्तालाई एक चेतावनी दिइएको थियो कि ‘विन्डोज एक्स पि’पुनः प्रयोग गरेमा भाइरसको जोखिममा पर्नेछन्।

रुसले विदेशी सफ्टवेयरमा प्रतिबन्ध लगाएको छ । तर सिमित प्रतिबन्धसहित केही विदेशी सफ्टवेयर भने प्रयोग गर्न अनुमति दिइएको छ । मिडिया रिर्पोटका अनुसार पुटिनको कम्प्युटर अपग्रेड नहुनुको कारण यही हो ।

रुसले आफ्नो सफ्टवेयर बनाएको छ । लेटेस्ट ुविन्डोज १०ु सिस्टमलाई यस्ता कम्प्युटरमा मात्र प्रयोग गरिन्छ जसमा गोपनियता यथावत राख्न जरुरी छैन् । यसै कारण नँया संस्करणहरु पुटिनका लागि उपयोगी छैनन्, किनकि सबै शीर्ष गोप्य कागजातहरु सही ढंगमा पँहुच गरिएको छ । आधिकारिक तस्विर अनुसार उनले पुटिन क्रेमलिन कार्यालयको साथमा मस्को उपनगर स्थित निवासमा पनि ‘विन्डोज एक्स पि’ प्रयोग गर्छन् ।

पुटिन नँया प्रविधिबाट टाढा बस्ने गर्छन् । ७६ वर्षीय पुटिन टेक्नोके्रटिक छैन् । भनिन्छ कि उनीसँग स्मार्ट फोन पनि छैन् । २०१७ मा स्कुल बच्चाहरुलाई कहिलेकाहीँ मात्र इन्टरनेट प्रयोग गर्ने बताएका थिए । उनको इन्स्टाग्राम अकाउन्ट पनि छैन् ।

तर राष्ट्रपति दिमित्री मेदभेदेभले आइफोनको प्रयोग गर्नुका साथै उनको इन्स्टाग्राम पेज पनि छ।