शोधनान्तर स्थिति २७ अर्ब २९ करोडले बचत

0
Shares

काठमाडौं, (नेस)।

चालू आर्थिक वर्षको कात्तिक महिनामा शोधनान्तर स्थिति २७ अर्ब २९ करोड रुपियाँले बचतमा देखिएको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आर्थिक स्थितिअनुसार समीक्षा अवधिमा अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ५७ अर्ब ३३ करोड रुपियाँले घाटामा रहेको थियो।

अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको चार महिनासम्ममा ५० करोड ३६ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा २४ करोड ८ लाखले बचतमा रहेको छ। समीक्षा अवधिमा चालू खाता घाटा ३७ अर्ब ३० करोड रुपियाँ रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ८८ अर्ब ४३ करोड रुपियाँ रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको चार महिनासम्ममा ७७ करोड २१ लाख रहेको चालु खाता घाटा समीक्षा अवधिमा ३२ करोड ८८ लाख रहेको छ।