रुहानीको भ्रमण



टोकियो,(एजेन्सी)।

इरानी राष्ट्रपति हस्सन रुहानीले आगामी २० देखि २१ डिसेम्बरसम्म जापानको भ्रमण गर्ने भएका छन्। उनले अमेरिकी गठबन्धनमा रहेको सियाली मुलुक जापानका प्रधानमन्त्री सिन्जो आवेसँग भेटेर उनले तेहरान र वासिंगटनबीच रहेको आणविक समस्या समाधानका लागि पहल गर्ने अनुमान गरिएको छ।

अमेरिका र इरान दुवैसँग सुमधुर सम्बन्ध राख्ने गरेको जापानले विगतमा पनि यी दुई मुलुकबीचको तनाव कम गर्ने प्रयास गरिसकेको छ। सन् १९७९ मा भएको इरानको इस्लमिक क्रान्तिमा अमेरिकी समर्थित शाहको सत्ता अपदस्थ गरिएयता अमेरिका र इरानको सम्बन्ध चिसिएको हो।

प्रतिक्रिया दिनुहोस्