कर्मचारी पक्राउ



कोलम्बो,(एजेन्सी)।

श्रीलंकाली प्रहरीले राजधानी कोलम्बोस्थित स्विस दूतावासका एकजना कर्मचारीलाई गिरफ्तार गरेको छ। तर ती महिला कर्मचारीले भने आफूलाई अपहरण गरिएको तथा घन्टौंसम्म यौन दुव्र्यवहार गरिएको समेत आरोप लगाएकी छिन्।

गानिया बानिस्टर फ्रान्सिस नामकी ती महिलाले आफूलाई बन्धक बनाउने मानिसले दूतावाससम्बन्धी गोप्य सूचना खुलाउन दबाव दिएको पनि बताएकी छिन्।

श्रीलंकाको महान्यायाधिवक्ताले उनले सरकारविरुद्ध आपराधिक अभियोग लगाएको तथा अपहरणको कुरा सुनाएर बढाइ चढाइ गरेको प्रहरीलाई उनको गिरफ्तारीका लागि आदेश दिइएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्