कारगारभित्र गोली चल्यो, १३ मारिए



पानामा सिटी, (एजेन्सी)।

पानामाको एउटा करगारमा मंगलबार भएको गोली हानाहानमा कम्तीमा १३ जना कैदी मारिएको र अन्य १५ जना घाइते भएको सरकारी सञ्चार माध्यमले जनाएको छ। सरकारी अधिकारीले घटनास्थलबाट तीन एके ४७ राइफल र पाँच वटा पिस्तोल बरामद भएको जानकारी गराएका छन्।

राष्ट्रपति लरेन्टिनो कोर्तिजोले राजधानी पानामा सिटीदेखि पूर्वमा रहेको ला जायिता नामक सो कारागारमा कसरी ती हातहतियार भित्रिए भन्नेबारे गम्भीर अनुसन्धान गरिने बताएका छन्। उनले भनेका छन्, पक्कै पनि ती हतियार त्यहाँ आकासबाट झरेका त होइनन् होला।

स्पष्टरूपमा हातहतियार त्यहाँ पुग्नुमा अवैध साँठगाँठ रहेको छ। राष्ट्रपति कोर्तिजोले यस विषयमा बुधबार सुरक्षा परिषद्को बैठक डाकेका छन्। उनले भनेका छन्, ‘कारगारभित्र हतियार तस्करी गर्ने कार्यलाई जसरी भए पनि रोक्नुपर्छ। केही साताअघि मात्र सुरक्षाकर्मीले त्यहँँ खानतलासी लिएर केही हतियार जफत गरेको थियो।’

त्यहाँ फेरि हतियार भेटिनु भनेको गम्भीर विषय हो। त्यसैले स्पष्टै छ। कसैले त्यहँ निरन्तर हतियार आपूर्ति गरिरहेका छन्। पानामाको राष्ट्रिय प्रहरीका हायक निर्देशक एलेक्सीस मुनोजले एउटै गिरोहका सदस्यबीच आन्तरिक मनमकुटावको कारण गोली हानहान भएको प्रारम्भीक अनुसन्धानले जनाएको छ। कुख्यात कैदी भरिएको यस ला जोयिता कागारमा क्षमताभन्दा बढी संख्यामा कैदी रहेको बताइएको छ। तर यस घटनाको दौरान कुनै पनि कैदी भाग्न पाएका छैनन्।

प्रतिक्रिया दिनुहोस्