पाकिस्तानी चलखेल


ढाका, (एजेन्सी)।

बंगलादेशका प्रधानमन्त्री सेख हसिनाले पाकिस्तानपरस्त शक्तिले देशमा गडबडी फैलाउने प्रयास भइरहेको तर उनीहलाई सफल हुन नदिने बताएकी छिन्।

४९आंै विजय दिवसको अवसरमा अवामी लिगद्वारा आयोजित एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले उक्त कुरा बताएकी हुन्। बंगलादेशले कडा संघर्षपछि हासिल गरेको स्वतन्त्रतालाई अस्थिर पार्ने प्रयास पाकिस्तानका तर्फबाट भइरहेको पनि उनले आरोप लगाइन्।

बगंलादेशको स्वतन्त्रतामा सयौंले आफ्नो रगत बगाएको उनले बताइन्। सेख मुजिबुर रहमानले अन्तिम श्वाससम्म यसका लागि संघर्ष गरेको हसिनाले बताएकी छिन्।