विमल र सरिताले ल्याए माया जालमा


लोकप्रिय गायक विमल डाँगी र मीन केसी तथा गायिकाहरू सरिता डाँगी र टीका पुनको स्वर रहेको दोहोरी गीत माया जालमा पार्छु कि यही सालमा सार्वजनिक भएसँगै यसले छोटै समयमा लोकप्रियता पाएको छ।

राजेश खतिवडाको शब्द तथा विमल डाँगीकै संगीत रहेको गीत घिन्ताङ घिन्ताङ नामक एल्बममा समावेश छ। गीतको भिडियोमा एक अर्कालाई मन पराउने दुई जोडी युवायुवतीले आफ्नो मनको भाव एकअर्कासमक्ष पोखेका छन्।

शंकर बिसीको नृत्य निर्देशन रहेको गीतको भिडियोमा शंकरको साथमा महेन्द्र गौतम, रीना थापा तथा आरुषा मगरको नृत्य रहेको छ। भिडियोमा गायकद्वय विमल डाँगी र मिन केसीको साथमा गायिका सरिता डाँगीलाई पनि देख्न सकिन्छ। विन्ध्यवासिनी म्युजिकले प्रस्तुत गरेको गीतको भिडियोमा दुर्गा पौडेलको छायांकन तथा नवीन घर्ती मगरको सम्पादन रहेको छ।