शिक्षक पेशा छाडेर कृषि

282
Shares

सरस्वती न्यौपाने, रसुवा ।

पुख्र्यौली थलोमा परिश्रम गरि आय गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्दै उत्तरी रसुवाको टिमुरे खैदी क्षेत्रमा अर्गा्निक कृषि तथा पशुपालन व्यवसाय नमुना अर्गा्निक फर्म सञ्चालनमा आएको छ ।

सञ्चालित अर्गा्निक फर्मले नेपाल चीन बिच उत्तरीनाका रसुवागढी क्षेत्रमा ब्यापार ब्यवसायका लागिआवत जावत गर्ने व्यापारी ब्यावसायी र आन्तरिक एवं बाह्रय पर्यटकका लागि अर्गा्निक भोजनमा सहज पुग्ने स्थानीय बासिन्दाले अपेक्षा गरेका छन।

कृषि तथा पशुपालन गरि जिल्लाकै अगुवा फर्मको रूपमा बिकसित गर्दै अर्गा्निक चिज उत्पादन गर्नु पर्छ भन्ने यूवा माझ जागरण ल्याउने समेतका उद्वेश्यले शिक्षक पेशा छोडी आफुले कृर्षि पेशा सुरू गरेको टिमुरेका यूवा कामीनुर्पु तामाङले बताए।

आफ्नो निजी तवरले “रसुवागढी कृर्षि,पशुपालन तथा अनुसन्धान केन्द्र“ फर्म दर्ता गरि आफ्नो पुख्र्यौली २५ रोपनी जमिनमा पुर्वाधार बनाई पहिलो चरण अन्तरगत स्थानीय जातका एकसय १० ओटा बाख्रा र दुईसय ओटा लोकल कुखुरा,१७ ओटा चौरीगाई पालन कार्य शुरू गरिसकेका छ।

कृषि तर्फ भने काउली, बन्दाकोपी, मुला,ब्रोकाउली,फर्सी,सिमि,प्याज, लसुन समेतका तरकारी खेती रोपणको शुरूवात गरि आफ्नो निजी करिव दुईसय रोपनीमा अन्य तरकारि लगाउन अध्यायन समेत भै रहेको बताईएको छ।

गोशाइँकुण्ड गाउँ पालिका वडा नं २ अन्तरगत खैदी भन्ने स्थानमा रहेको फर्ममा स्याउ तथा किबीको बिरूवा रोपण गर्ने तयारीका साथ कृषि प्राबिधिक संग परामर्श भै रहेको तामाङको भनाई रहेको छ । कृषि तथा पशु ब्यावसाय बाट पहिलो चरणमा छ जनाले रोजगारि पाई रहेको,क्रमस कामदार थपिदै लगिने लक्ष रहेको छ।

स्थिर पुजी रू २५ लाख रहेकोउक्त फर्ममा पालिएका चौरीगाईको दुध बाट दुर्खा उत्पादन गर्ने लक्षका साथ अगाडि बढेको फर्म लाई सन्देश मुलक नमुनाको रूपमा थप प्रभावकारी बनाउन सो फर्मलाई सरकारी अनुदान समेतको सहयोग मिल्नेमा आशाबादी भएको फर्म सञ्चालकले अपेक्षा राखेका छन।

खसिबोका उत्पादन तथा बिक्रीबाट बार्षिक १० लाख र कुखुरा बाट ६०देखि ७०हजार आय गर्न सकिने आकलन समेत भैसकेको उक्त फर्मले जनाएको छ ।

फर्ममा पालन गरिएका ६०र७० ओटा बाख्रा व्याँउन थालेको र कुखुरा समेत बिक्रिका लागि तयारी हुँदैगरेको जानकारि दिइएको छ ।
अर्गा्निक फर्मका प्रबन्ध निर्देशक रहेका कामीनुर्पु तामाङले भने स्थानीय स्तरमै रोजगारि र आयआर्जनका सम्भावना प्रसस्तै रहेकाले आफ्नो उर्जा जिवनको श्रमशक्ति स्थानीय स्तरमै खर्च गरि अर्गा्निक तवरको कृषि उत्पादन तथा पशुपालनको काममा सहभागी बन्न सबैलाई सुझाव दिएको बताए।

टिमुरेको खैदीमा शुभारम्भ भएको नमुना कामले अर्गा्निक चिज उत्पादन गर्न गाउँ गाउँमा राम्रो सन्देश जाने अपेक्षा गरिएको गोशाइँकुण्ड गाउँ पालिका वडा नं २ का वडा अध्यक्ष दावा दोर्जे तामाङ बताए।

टिमुरेको राजमार्ग छेउ अर्थात भेटेकोशी नदि तर्फ सुख्खा बन्दरगाह निर्माणका लागि जग्गा अधिग्रहण,राजमार्गको कुना तर्फ स्थानीय बसोबासको पुख्र्यौली बसोवासले खेतियोग्य जमिन कमि हुँदा कृषिको लागि टिमुरे बाट दुईघण्टाको दुरी माथी खैदी क्षेत्र उपयुक्त रहेको टिमुरेका सामाजीक अभियान्ता सुनावाङदी तामाङले जानकारि दिए।

गाईबस्तुकै पाङ्गारिक मल प्रयोग हुने गरेका कारण मकै, कोदो, तरकारी जस्ता उत्पादित बिबिध कृषि उपज टिमुरे क्षेत्रमा अर्गा्निक हुने कृषि प्राबिधिक हरूले जानकारि दिएका छन ।