शहरी पुनर्जागरण सम्बन्धी अन्तरक्रिया

0
Shares

अमृत अर्याल, स्याङजा । 

सयपत्री समाज पोखराको आयोजनामा पुतलीबजार नगरपालिकामा शहरी पुनर्जागरण सवाल बिषयक अन्तरक्रिया गरिएको छ । स्थानीय जनप्रतिनिधी तथा न्यायिक समितिका सदस्यहरु र सरोकारवालाबीच पुतलीबजारको शहरी पुनर्जागरण बिषयक अन्तरक्रिया गरिएको हो ।

अन्तरक्रियामा बोल्दै नगरप्रमुख सीमा क्षेत्रीले समृद्ध पुतलीबजार र सुखी नगरवासी बनाउने उदेश्य अनुरुप नगरपालिका अघि बढेको बताउदै नगरका सबै सडकलाई स्तरोन्नती एवं पक्की बनाई, औधोगिक ग्राम लगायत नगरवासीका हित र सुबिधाका पक्षमा बिबिध क्षेत्रमा काम गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख महेश पुरी, नेकपा नगर अध्यक्ष तारा शर्मा, नेपाली कांग्रेसका नगर सभापति वेदप्रसाद दोरंगा, वडा अध्यक्ष निर्मल शेरचन, ब्यवसायी देवेन्द्रकुमार श्रेष्ठ, रविन्द्रप्रसाद श्रेष्ठ, समाजसेवी अनन्तकुमार श्रेष्ठ, मित्रबन्धु पोखरेल लगायतले पुतलीबजारको पुनर्जागरणका लागि सबै एकजुट भई काम गर्नुपर्नेमा जोड दिनुभएको थियो । समाजका अध्यक्ष गेहेन्द्र कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव गिरीधारी सुवेदीले स्वागत एवं सदस्य विजय अर्यालले संचालन गर्नुभएको थियो ।

सो कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका उपप्रध्यापक अमृत भण्डारीले पुतलीबजार पुनर्जागरण सम्बन्धी बिभिन्न सूचकहरु सहित कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

उपप्रध्यापक भण्डारीद्धारा प्रस्तुत कार्यपत्रमा सुदृढ नगर सडक संजालका विकास, पर्यटन विकास एवं विस्तार, औधोगिक सम्भावना र उद्यमशीलता प्रवद्र्धन, अन्तर टोल, वडा भ्रमण अनुभव एवं सीप आदान प्रदान, स्वास्थ्य र शिक्षाको पूर्वाधार विकास, ब्यापारिक केन्द्रको रुपमा पुनर्उत्थान, नमूना बस्ती निर्माण, पोखराको समृद्धीबाट सिको गर्दै पोखरा र पुतलीबजार जोड्ने मार्ग छोट्याउन फास्ट ट्रयाक, सुरुङ मार्ग लगायतका विकास निर्माण गरिएमा पुतलीबजारलाई गुल्जार बनाउन सकिनेगरी सुझाव दिइएको छ ।