न्युज अफ नेपाल, भक्तपुर ।
जुवातास खेलिरहेको अवस्थामा सूर्यविनायक नगरपालिका ४ दधिकोट सिमले बस्ने ३४ वर्षीय पासाङ तामाङको जस्ताको टहराबाट प्रहरीले सात जनालाई पक्राउ गरको छ ।
पासाङ तामाङ लगायत ७ जनालाई नगद २ लाख ७ हजार ८ सय ८५ रुपैयाँ र १ बुक तास सहित प्रहरीले पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी प्रभाग दधिकोटबाट खटिएको प्रहरीले मंगलबार राति उनीहरुलाई पक्राउ गरेको हो ।
यस विषयमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया