नक्कली कागजात बनाई अरूको ट्रायल दिने २ पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नक्कली कागजात बनाई अरुको ट्रायल दिइराखेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सवारी चालक अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा दिइरहेका कालिकोट खाडाचक्र नगरपालिका घर भइ हाल चावहिल बस्दै आइरहेका १९ वर्षीय विरेन्द्र मल्ल र सुकेधारा बस्ने ३० वर्षीय दिपक शाही पक्राउ परेका हुन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उनीहरुलाई चन्द्रगिरी नगरपालिका गर्जुधारास्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालिको ड्राइभिङ सेन्टरबाट मंगलवार बेलुका ४ बजे पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सवारी चालक अनुमति पत्र लिनका लागि नेपाली नागरिकता लगायत अन्य सरकारी कागजात नक्कली बनाइ अरुको ट्रायल परीक्षा दिइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।